Skip to content
Prabhu

अमेरिकाका राष्ट्रपति जो बाइडनद्धारा निर्वाचन नलड्ने घोषणा

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनद्धारा आगामी नोबेम्बरमा हुने निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

अमेरिकाका बहालवाला राष्ट्रपति बाइडन आगामी नोबेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेट पार्टीबाट राष्ट्रपतिको उम्मेद्वार थिए ।

रिपब्लिक पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार थिए । २०२० मा भएको निर्वाचनमा जो बाइडनले ट्रम्पलाई हराएर राष्ट्रपति चुनिएका थिए ।

केही साता अगाडि भएको राष्ट्रपति निर्वाचनको डिबेटमा बाइडेन पछाडि परेका थिए । बाइडेनले सामाजिक सञ्जालबाट निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

 
अमेरिकाका राष्ट्रपति जो बाइडनद्धारा निर्वाचन नलड्ने घोषणा

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal