Skip to content

सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन

nabil bank

काठमाडौं । पाँचतारे होटल सांग्रिलाका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ।

लामो समयदेखि बिरामी रहेका पाण्डेको सोमबार बिहान ९० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको हो।

होटल एसोसिएसन अफ नेपाल (हान)का पूर्वअध्यक्षसमेत रहेका पाण्डे पर्यटन क्षेत्रका पायोनियर मानिन्छन्। उनका २ छोरा होटल क्षेत्रमै क्रियाशील छन्।

नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिएका पाण्डेले काठमाडौं लाजिम्पाट, पोखरा, चितवनमा पनि तारेहोटल स्थापना गरेर पर्यटकहरुलाई सेवा पुर्याएका थिए।

होटल एससिएसन नेपालको समेत पूर्वअध्यक्ष भएका पाण्डे धेरै अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi