Skip to content
Prabhu

विदेशी मुद्राको कति छ आजको भाउ, हेर्नुस

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ २१ पैसा र बिक्रीदर १५० रुपैयाँ ८९ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६९ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७३ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८ रुपैयाँ ५२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४६ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ रुपैयाँ ६९ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ४९ पैसा र बिक्रीदर २८ रुपैयाँ ६२ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२ रुपैयाँ ५६ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १० पैसा र बिक्रीदर १७ रुपैयाँ १८ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३७ रुपैयाँ ०० पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९७ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ८९ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal