Skip to content
Prabhu

एनएमबि बैंकले घोषणा गर्‍यो ८.९२ प्रतिशतदेखि सुरु हुने घर कर्जा

काठमाडौं । एनएमबि बैंकले एनएमबि होम लोनमा आकर्षक फ्लोटिङ ब्याजदर उपलब्ध गराएको छ। बैंकले ८.९२ प्रतिशतदेखि सुरु हुने फ्लोटिङ ब्याजदर उपलब्ध गराएको हो ।

एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिङ दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्नेछन् । बैंकले भन्यो, ‘घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुंग हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध छ ।’

एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखा, १ सय ८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal