Skip to content
Prabhu

निफ्राको आम्दानीसँगै नाफा पनि घट्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्म आइपुग्दा निफ्राको खुद नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा ५.९८ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ५ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिसम्म यसले १ अर्ब ४१ करोड ५२ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र फि तथा कमिसनाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेर २ अर्ब ५४ करोड ९७ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै खुद फि तथा कमिसनबाट हुने आम्दानी ५४.२६ प्रतिशतले घटेर १ करोड ४ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्षको असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३९ पैसाले घटेर ६ रुपैयाँ १६ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal