Skip to content
Prabhu

उद्योगमा बिजुलीको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ ।

ट्रंकलाइन र डेडिकेटेड लाइन अन्तर्गत महशुल नबुझाएको भन्दै प्राधिकरणले उद्योगहरुको लाइन काटेको थियो । प्राधिकरणको सञ्चालक समितिको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाइन जोड्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई लाइन काटिएका उद्योगमा बिजुली जोड्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको मौखिक निर्देशनपछि उद्योगमा लाइन जोडिएको थिएन । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले बिल पठाए पनि प्रमाण दिन नसकेको बताएका थिए ।

सञ्चालक समितिले बक्यौता रहेका उद्योगले ६ महिनाभित्र महशुल तिनुपर्ने समेत निर्णय गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal