Skip to content
Prabhu

सिद्धार्थ बैंकको संस्थापक सेयर ७२ हजार ९ सय कित्ता सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर ७२ हजार ९ सय २७ कित्ता सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री तथा सेयर नामसारी प्रक्रिया अगाडि बढाएको हो ।

बैंकले चञ्चल देवी जैनको नाममा रहेका ७२ हजार ९ सय २७ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन ।

सो बैंकले जेठ ३१ गते विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो । सो अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरु मध्येबाट सेयर खरिदका लागि लिखित जानकारी पेस हुन नआएकोमा उक्त सेयर अन्य व्यक्तिरसंस्थामा बिक्री खुल्ला गरेको बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

सो सेयर खरद गर्न इच्छुक व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको ७ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरासमेत खुलाई लिखित आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal