Skip to content
Prabhu

छिमेक लघुवित्तको सञ्चालकमा रामचन्द्र जोशी पुनः नियुक्त

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रामचन्द्र जोशी पुनः नियुक्त भएका छन् । संस्थाको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सञ्चालकमा संस्थापक सेयरधनी जोशी पुनः नियुक्त भएका हुन् ।

जोशीलाई साउन १३ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गरेको संस्थाले जनाएको छ ।

सञ्चालक जोशीको कार्यकाल साउन १२ गते समाप्त हुने भएकाले उक्त पदमा जोशीलाई नै पुनः नियुक्त गरेको संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal