जुम्ला । सङ्घीय सरकारबाट प्राप्त जुम्लाको पुँजीगत खर्च ७८ दशमलव ९६ प्रतिशत भएको छ । सङ्घबाट पुँजीगततर्फ छ अर्ब ८२ करोड ५९ लाख विनियोजन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख हंसराज शाहीले जानकारी दिनुभयो । सङ्घीय सरकारले चालु खर्चका लागि पाँच अर्ब २२ करोड पाँच लाख रुपैयाँ विनियोजन गरेकोमध्ये ९२ दशमलव ७८ प्रतिशत खर्च भएको छ ।
विनियोजित कूल बजेटको जम्मा ८८ दशमलव ७२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख शाहीको भनाइ छ । असार भित्रमात्र जिल्लाको पुँजीगत खर्च ४१ दशमलव ४१ प्रतिशत भएको छ । असारमा चालु खर्च १३ दशमलव १३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका सरकारी कार्यालयले बजेट कार्यान्वयनमा सुधार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्