Skip to content
Prabhu

नेपाल लाइफले किन्यो दुई शैक्षिक संस्थाको १ अर्ब ३३ करोडको सेयर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ ।

लगानी विविधिकरणको रणनीतिलाई मूर्तरुप प्रदान गर्दै कम्पनीले उक्त दुई शैक्षिक संस्थामा लगानी गर्ने निर्णय गरेको हो । दुई संस्थामा गरेर कम्पनीले ! अर्ब ३३ करोड ७२ लाख रुप}याँ लगानी गर्नेछ ।

आइतबार काठमाडौंमा एक कार्यक्रम गरेर यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पनि गरिएको छ । त्यसमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्राडा खगेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा ७३ करोड ७२ लाख ८९ हजार ६ सय लगानी लगानी गर्ने छ । त्यसपछि उक्त संस्थामा कम्पनीको ३५=३२ प्रतिशत ;]यर स्वामित्व हुनेछ । यसैगरी युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड लगानी गर्ने कम्पनीले बताएको छ । त्यसो गर्दा त्यसमा कम्पनीको शेयर स्वामित्व ७=६२ प्रतिशत हुनेछ ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्दलाल संघईले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको बताए । सोही क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।

शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्र प्रति योगदान पुग्न जाने उनले बताए । यसैगरी कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको उनको भनाइ छ ।

यस कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेशकुमार अग्रवालले विभिन्न वित्तीय सूचकहरुका आधारमा नेपाल लाइफ सवैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी भएको बताए ।
कम्पनीले बीमित ग्राहकहरुबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरुमा लगानी गर्ने अभिप्रायका साथ यो लगानी गरिएको उनको भनाइ छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले जीवन बीमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दुमा राखेको बताए ।
यसैको सुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको उनको भनाइ छ । उच्च प्रतिफल प्रदान गर्न लगानी विविधिकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेका उनले बताए ।

प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष ओझाज्युले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको बताए । यो सम्झौता कोसेढुङ्गा सावित हुने र यसले राष्ट्र निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले जीवन बीमा र शिक्षाको उद्देश्य सुरक्षा र समृद्धि भएको बताउँदै आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal