Skip to content

प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई टिस्टुङ रिसोर्टमा विशेष छुट

nabil bank

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई टिस्टुङमा अवस्थित टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दीपेन्द्रबाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शमशेर राणाले हस्तक्षर गरेका हुन ।

सो सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

मकवानपुर जिल्ला बागमती प्रदेशको मुख्य केन्द्रविन्दु तथा बागमती प्रदेशको राजधानीसमेत हो । सो रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौं उपत्यकाबाट दणिक्ष पश्चिमको भागसँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातिहरुको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मिटर उचामा रहेको छ ।

इन्द्र सरोवर (कुलेखानीं, बज्रबाराही मन्दिर कुन्छाल बस्ती यहाँका प्रमुख आकर्षक गन्तव्य स्थल हुन भने कृषि पेसा अर्को यहाँको प्रमुख विशेषता हो । आलु, काउजी, बन्दा, मुला, स्कुस, जस्ता यहाँका कृषि उत्पादन काठमाण्डौ सम्म विक्री वितरण हुने गर्छ ।

आन्तरिक तथा वाह्य पर्यटकहरु यहाँ सितलता र आनन्द प्राप्तिको लागि आउने गर्दछन । विशेष गरि गर्मी याममा गर्मी छल्नका लागि बढी पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ ।

चारैतिर जङ्गल अनि हरियाली बीचमा इन्द्र सरोबर (कुलेखानी) अनि अग्लो डाँडामा शिरशिर बतास चल्दा यहाँ पुगेपछिको आनन्द नै बेग्लै हुने गर्दछ । अझ त्यहाँको मनमोहक दृश्य क्यामेरामा कैद गर्दाको क्षणको त व्याख्या जति गरे पनि कमि नै महसुस हुने गर्दछ ।

ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय ७ शाखा कार्यालय, २ सय ८३ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै, प्रभु बैंक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime