Skip to content
Prabhu

श्रृजनशील लघुवित्तको साधारणसभा साउन ३२ गते

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ५औं वार्षिक साधारणसभा साउन ३२ गते शुक्रबार बस्ने भएको छ । कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले महोत्तरीको बर्दिवासस्थित विनायक होटलमा बिहान ११ बजे सभा बोलाएको हो ।

सो सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात आव २०७९र८० को नाफा नोक्सान हिसाव सोही अवधिको नगद प्रवाह विवरण एवं सोसँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने सभाको प्रस्ताव रहेको संस्थाले जनाएको छ ।

साथै, सभामा संस्थाको आव ०८०र०८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सदस्यको निर्वाचन गर्ने सम्बन्धमा सभामा छलफल हुने संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal