Skip to content
Prabhu

भारतले नेपाललाई ७ अर्ब भारतीय रुपैयाँ अनुदान दिने

काठमाडौं । भारत सरकारले नेपाललाई चालु आर्थिक वर्षमा ७ अर्ब भारतीय रुपैयाँ अनुदान दिने भएको छ ।

भारतीय वित्तमन्त्ती निर्मला सीतारमणले छिमेकी र मित्रदेशहरुलाई दिने अनुदान अन्तर्गत नेपाललाई ७ अर्ब अनुदान दिने जानकारी दिइनन् ।

मे भएको लोकसभा निर्वाचनपछि तेस्रो कार्यकालको लागि चुनिइएर आएपछि बजेट पेश गर्दै वित्तमन्त्री निर्मला सीतारमणले ७ अर्ब अनुदान दिने जानकारी दिइनन् । भारत सरकारले दिने अनुदान रकम भने सिधै दूतावास मार्फत खर्च हुने गरेको छ ।

भारतले सबैभन्दा बढी चालु आर्थिक वर्षमा भटानलाई २० अर्ब भारतीय रुपैयाँ अनुदान दिने जनाएको छ । दोस्रो प्राथमिकता नेपाललाई राखेको छ ।
तेस्रो कार्यकालको लागि चुनिएर आएपछि मोदी सरकारले ल्याएको बजेटमा करका दरहरु परिवर्तन भएका छन् ।

सेयर बजारमा लाग्ने करलाई बढाएको छ । सेयर बजारमा अल्पकालिन लाभमा लाग्ने करलाई २० प्रतिशत पुर्याएको छ । तेस्रो कार्यकालमा बहुमत गुमाएका मोदीले सरकारको प्रमुख साझेदार रहेका आध्र प्रदेश र बिहारमा विशेष प्याके्जको घोषणा गरेका छन् । नेपालसँग सीमा जोडिएको बिहारमा नयाँ विमानस्थल र पुल निर्माण गर्ने तथा

पटना-पूर्णिया र बक्सर-भागलपुर एक्सप्रेसवे निर्माण गरिनेछ। गया र दरभंगामा पनि एक्सप्रेसवे बनाइनेछ बक्सरमा गंगामा दुई लेनको पुल बनाइने योजना राखिएको छ । बोधगया, राजगीर, वैशाली र दरभंगामा सडकको कामलाई अगाडि बढाउने,अमृतसर कोलकाता औद्योगिक कोरिडोर अन्तर्गत गयामा औद्योगिक हब विकास गर्ने बिहार बाढीबाट प्रभावित, बाढी रोक्न परियोजनाका लागि ११ हजार करोड रुपैयाँ दिइने उल्लेख छ । बिहारको गयामा रहेको विष्णुपद र महाबोधि मन्दिर काशी विश्वनाथ मन्दिर कोरिडोरको योजना उल्लेख छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal