Skip to content

हलेसीमा पौवा रिसोर्ट र मूलकोटमा पौवा होटल सुरु

nabil bank

काठमाडौं । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मूलकोटमा पौवा होटल र खोटाङको हलेसीमा पौवा रिसोर्ट सुरु गरेको छ ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात देशभर पौवालाई बिस्तार गरिएको पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट संचालन गरेको हो । यस्तै ग्रुपले १५ औं शाखा खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोडभन्दा बढिको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको हो ।

नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउनका लागि मिसन १०० को योजना सहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको हो । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने ‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेको छौं ।

काठमाडौंदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको हो । काठमाडौंको भिडभाडबाट सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकाले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेको हौं ।’

यस्तै अध्यक्ष भण्डारीले भने, ‘खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएकाले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेका छौं । रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइन्छ ।’

यस्तै पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले भने, ‘देशको विकासको संकेत भनेको संस्कार र संकृति हो । नेपाली आतिथ्यताको संस्कृति विश्वमै अनुपम छ । यसलाई संसारभरका पर्यटकलाई देखाउनका लागि होटल पौवाले काम गरेको छ । हामी पौवाको विस्तार व्यवसाय मात्र होइन हाम्रो संकृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेका छौ ।’ ज्ञवालीले भने, ‘नेपालको एक वर्षमा १६ लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्य दिएको छ ।

पछिल्लो एक वर्ष कोरानाअघि कै रुपमा पर्यटक भित्रिएका छन् । त्यसैले हामीले यहाँ आएका पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउने सक्ने हो भने मात्र पर्यटकको बसाई लम्बिन सक्छ । हामीले देशभर १५ वटा पौवा चेन बनाएका छौ । जुन पर्यटकी गन्तव्य क्षेत्र समेत हो । हाम्रो सानो प्रयासले पर्यटन विकासमा मद्त पुग्ने अपेक्षा समेत गरेका छौ ।’

पूर्वी नेपाल प्रवेश, ‘मिसन १००’ को यात्रा

विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौंको गौशाला हुँदै पूर्वी नेपालमा प्रवेश गरेको हो ।

अब पौवाको १४ औं शाखा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा १५औं शाखा बिस्तार गरिएको हो । पौवाको ड्रिम प्रोजेक्टको रुपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भैरहेको छ ।

पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा बिस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरि संस्थाले सेवा प्रवाह गरिरहेको छ ।

पौवाका व्यवस्थापक धुव्र न्यौपाने भने, ‘नेपालमा घुम्ने स्थान अथाह छ । हामीले देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि अहिले जसरी विदेश पलायनको मनोरोग छ, त्यसलाई रोक्न सकिन्छ । अर्थात, पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने समेत हो ।

पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत पिस्तार भएको छ ।’ न्यौपाने भने ‘अतिथि देवो भवः’ आत्मसात गर्दै पौवाले नेपाली पहिचानलाई संरक्षण गर्ने काम गरेको छ ।’

नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकारात्मक धारणा बनाउने पौवाको प्रयास हो । एक दशकमा १०० शाखा विस्तारको लक्ष्यसहित ‘मिशन १००’ योजना बनाएको होटल पौवा देशभर नेपाली आतिथ्यतासहितको चेन होटलको रुपमा फैलिँदै गएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi