Skip to content
Prabhu

शेयर कारोबारमा चलखेल गरेको आरोपमा कोरियाली अर्बपति किम पक्राउ

एजेन्सी । दक्षिण कोरियाको टेक जायन्ट काकाओ कर्पका अर्बपति संस्थापक किम बम–सु गत वर्ष के–पप एजेन्सी प्राप्तिका क्रममा शेयर कारोबारमा चलखेल गरेको आरोपमा मंगलबार पक्राउ परेका छन् । काकाओ कम्पनीले दक्षिण कोरियामा सबैभन्दा ठूलो च्याट एप सञ्चालन गर्दै आएको छ ।
सोही मुद्धामा गत वर्ष कम्पनीका एक अर्को व्यक्ति किमलाई पनि पक्राउ गरिएको थियो । किमलाई ब्रायन किमको नामले पनि चिनिन्छ । उनी दक्षिण कोरियाको डिजिटल उद्योगमा एक भिजनरी व्यक्ति मानिन्छन् । सन् २०१० मा च्याट एप सुरु गरेको उनको कम्पनीको सम्पत्ति अहिले ६२ बिलियन डलर पुगको छ ।
सोउल साउथर्न डिस्ट्रिक्ट कोर्टले किम भाग्न सक्ने सम्भावनाका आधारमा पक्राउको आदेश स्वीकृत गरेको जनाएको छ । उनलाई २० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरिनेछ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal