Skip to content
Prabhu

लाभांश पारित गर्न नेशनल लाइफले बोलायो भदौ ७ गते साधारणसभा

 

काठमाडौं । नेशनल लाफ इन्स्योरेन्स कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार भदौ ७ गते नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बस्ने गरी साधारणसभा बोलाएको छ ।

सो सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आव २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । आर्थिक वर्ष २०७९/०८० को वासलात, आय(व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिउपर छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पुँजीको १० प्रतिशतका दरले ५८ अर्ब ११ करोड ६६ लाख ६४ हजार २ सय ५० नगद लाभांश पारित गर्ने सभाको एजेण्डा रहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नगद लाभांश र वोनस शेयर वापतको कर प्रयोजनको लागि ३ करोड ६९ लाख २८ हजार ०६८.२९ नगद लाभांश स्विकृत गर्ने भएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको हाल अद्यावधिक रूपमा कायम रहेको पूंजीमा ४ चार प्रतिशतको दरले बोनस सेयरको रुपमा लाभांश २० करोड ४ लाख ६ हजार ५४७ प्रदान गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछि अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने कम्पनीले जनाएको छ ।

सभाको प्रयोजनको लागि साउन २४ गते १ दिनका लागि कम्पनीको सेयरधनी दर्ता किताब बन्द गरिने कम्पनीले जनाएको छ । सेयरधनी दर्ता किताब बन्द भएको अघिल्लो कार्यरत दिनसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम हुन आउने सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन पाने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal