Skip to content
Prabhu

कामना सेवा विकास बैंकको नाफा ६७ प्रतिशतले बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमासमा खुद नाफा करिब ६७ प्रतिशतले बढेको छ । यसअवधिमा बैंकको खुद नाफा ६६.९३ प्रतिशतले बढेर ६० करोड ३२ लाख १७ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको यसैअवधिमा यसले ३६ करोड १३ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी २.७८ प्रतिशतले बढेर २ अर्ब १२ करोड ५२ लाख १७ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेयरमेन्ट चार्ज घट्दा यसको खुद नाफा राम्रोसँग बढेको हो । १ वर्षको अवधिमा यसको इम्पेयरमेन्ट चार्ज ४१.८३ प्रतिशतले घटेर ३० करोड ४० लाख ४५ हजार रुपैयाँमा आएको छ ।

गत असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।सो बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३७ पैसाले बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal