Skip to content
Prabhu

बेष्ट फाइनान्सको २९ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी दिपक तुलाधरको नाममा रहेको २९ हजार ४ सय ८३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन । सो सेयरहरु खरिद गर्न इच्छुक संस्थापसे सेयरधनीहरुलाई यो सूचना प्रकाशित भएको ३५ दिनभित्र फाइनान्सको प्रधान कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

सो मितिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि निवेदन पर्न नआएको खण्डमा प्रचलित कानुनी व्यवस्थाबमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउने कम्पनीले जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal