Skip to content
Prabhu

सौर्य जहाज दुर्घटनाः ४ जनाको शव निकालियो, उद्धार जारी

काठमाडौं। त्रिभुवन विमानस्थलमा नजिकै बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज  दुर्घटना भएको छ। दुर्घटनापछि अहिले उद्धार जारी छ।

प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले ४ जनाको शव निकालेका छन्। विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ।

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन।

सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन्। पोखरामा सौर्यको नियमित उडान हुने गरेको छैन।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal