Skip to content
Prabhu

बुधबार नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम १६ अर्ब २० करोड

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३२ अंकले घटेर परिसूचक २५६३.११ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ६.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अंक घटेको छ।

आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २ सय २६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३ सय १४ रुपैयाँ ५३ पैसा कारोबार भएको छ । आज ४६ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख ४६ हजार ४ सय ५२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ६३ रुपैयाँ रहेको छ । साथै, आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर ७.७९ प्रतिशतले घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal