Skip to content
Prabhu

ट्राफिक कारबाहीबाट १७ करोड राजस्व संकलन

विराटनगर । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल रु. १७ करोड ३१ लाख १५ हजार राजस्व सङ्कलन भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारवाही गरेको थियो ।

उक्त आवमा तीन हजार पाँच सय ६३ वटा दुर्घटना हुँदा तीन सय ९७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी छ हजार ७६ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार आव २०७९÷८० मा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारवाहीमा परेका थिए ।
उक्त कारबाहीबाट रु. १८ करोड एक लाख ५९ राजस्व सङ्कलन भएको थियो । सो अवधिमा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारावहीमा परेका थिए ।

तीन हजार आठ सय २० सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको ज्यान गएको थियो । छ हजार छ सय ४८ जना घाइते भएका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal