Skip to content

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १७ निर्माण कम्पनीलाई कालोसूचीमा

nabil bank

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न आज बिहीबार सातदिने सूचना जारी गरेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम आजबाट लागू हुने गरी विभिन्न निर्माण कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएको हो ।

उक्त कार्यालयले तोकिएका कम्पनीलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसको आधारमा कालोसूचीमा राख्न लागिएको बताएको हो। कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेस गर्न सूचनामार्फत आग्रह गरेको छ।

यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भने पनि सो अवधिमा जवाफ नदिएपछि कार्यालयले सातदिने सूचना निकालेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime