Skip to content
Prabhu

हेर्नुस्, बिहीबार कति छ विदेशी मुद्राको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ५२ पैसा छ भने बिक्रीदर १७३ रुपैयाँ ३० पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३० पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४१ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८७ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८ रुपैयाँ ६९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३ रुपैयाँ ७१ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १२ पैसा र बिक्रीदर १७ रुपैयाँ १९ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ०७ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५६ रुपैयाँ १९ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal