Skip to content
Prabhu

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुंगा लागेर १ मजदुरको मृत्यु, १ घाइते

हेटौँडा । मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार दिउँसो मकवानपुरको बकैया–१२ स्थित चालिसेडाँडामा काम गर्ने क्रममा ढुङ्गा लागेर बारा निजगढका अन्दाजी २७÷२८ को विमल थिङको ज्यान गएको र उहाँसँगै काम गर्ने तनहुँका अन्दाजी २७÷२८ वर्षीय राजु विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

थिङको घटनास्थलमै ज्यान गएको थियो । गम्भीर घाइते विकको हेटौँडा–११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal