Skip to content
Prabhu

सपोर्ट लघुवित्तको ७५ प्रतिशतले बढ्यो नाफा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ७५.०३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा खुद नाफा ७५.०३ प्रतिशतले बढेर २ करोड ३८ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को यसैअवधिमा यसले १ करोड ३६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो । साथै, संभावित जोखिम बापतको रकम कम छुट्याउन पर्दा नाफामा टेवा पुगेको हो ।

यसअवधिमा खुद ब्याज आम्दानी १८.९१ प्रतिशतले बढेर ८ करोड २९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १९४.३८ प्रतिशतले बढेर २ करोड ९७ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
आघिल्लो वर्ष ३५ लाख ५७ हजार रुपैयाँ रहेको संभावित जोखिम वापतको रकम असार मसान्तमा ९ लाख ७३ हजार रुपैयाँमा आएको छ ।

गत असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १० करोड ७६ लाख रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal