Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र रेग्मीलाई नियुक्त गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले ग्लोबल आइएमई बैंकमा कार्यरत बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई भदौ १ देखि लागू हुने गरेर सीईओमा नियुक्त गरेको हो ।

बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल सकिएपछि सञ्चालक समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
ग्लोबलमा सीईओको कार्यकाल पूरा गरेपछि बज्राचार्य सक्रिय बैंकिङबाट सम्भवत बाहिरिने छ । यद्यपी सञ्चालक समितिमा भने उनी कुनै बैकमा जान सक्ने देखिन्छ । अहिले रहेका सीईओहरुमा सबैभन्दा सिनियर सीईओ ब्रजाचार्य हुन् । उनले यसअघि पनि ग्लोबलमा ४ वर्ष सीईओ रुपमा काम गरेका थिए ।

बैंकिङ क्षेत्रमा ३ दशकको अनुभव भएका रेग्मीले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकमा समेत काम गरेको अनुभव छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal