Skip to content
Prabhu

एनआईसी एसिया क्यापिटलले १ वर्षको कमाइ १२ करोड बढी, प्रतिसेयर आम्दानी १६ प्रतिशतले बढ्यो

काठमाडौं । एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा १२ करोड १० लाख रुपैयाँभन्दा बढीकाले नाफा आर्जन गरेको छ । क्यापिटलले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा १२ करोड १० लाख रुपैयाँभन्दा बढीको खुद नाफा आर्जन गर्न सफल भएको हो ।

समग्र व्यवसायमा उत्साहजन वृद्धि गर्न सफल भएको छ क्यापिटलको प्रतिसेयर आम्दानी पनि १६.१२ प्रतिशतले वृद्धि भएको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६०.५० रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा १६.१२ प्रतिशतले बढी हो । २०८१ को अन्त्यसम्म क्यापिटलले एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरु सञ्चालन गरिरहेको छ ।

सञ्चालनमा आएको पहिलो वर्षदेखि नै नगद प्रतिफल वितरण गर्न सफल ‘एनआईसी एसिया ग्रोथ फण्ड’ ले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रोे वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत र पाँचौं वर्ष १०.५० प्रतिशत गरी हालसम्म ७५.५० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।

‘एनआईसी एसिया ब्यालेन्सड् फण्ड’ ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष १३ प्रतिशत र चौथो वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’ संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोस्रो वर्ष ६ प्रतिशत र तेस्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

उक्त लाभांश वितरण पश्चात् तथा धितोपत्रको दोस्रो बजार तल्लो बिन्दुमा हुँदासमेत असार मसान्त, २०८१ मा क्यापिटलबाट संचालित योजनाहरु ‘एनआईसी एसिया ग्रोथ फण्ड’ को खुद सम्पत्ति मूल्य रु. ११.४७, ‘एनआईसी एसिया ब्यालेन्सड् फण्ड’ को खुद सम्पत्ति मूल्य रु.११ पहिलो खुलामुखी योजना ‘एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड’ को खुद सम्पत्ति मूल्य रु. ११.०९, तेस्रो बन्दमुखी योजना ‘एनआईसी एसिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)’ को खुद सम्पत्ति मूल्य रु.११.४६, चौथो बन्दमुखी योजनाको ‘एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड’को ११.३४ र पाँचौं बन्दमुखी योजना एनआईसी एसिया ग्रोथ फण्ड–२ को खुद सम्पत्ति मुल्य रु.१०.०७ कायम गर्न सफल भएको छ ।

नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरुमध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना ‘एनआईसी एसिया डाईनामिक डेप्ट फण्ड’ अन्तर्गत व्यवस्थित लगानी योजना (एसआइपी) तथा व्यवस्थित निकाशी योजना (एसडब्लुपी) योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहजै रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत ‘आइडीया टु आईपीआ’ सेवा सञ्चालन गरिरहेको छ । जस अन्तर्गत २०८१ असार मसान्तसम्म २८ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता सम्पन्न भई कार्यहरु गरिरहेको छ ।

क्यापिटलले कुनै पनि कम्पनीको विचारदेखि कम्पनी स्थापना, स्केल अपः विस्तार, वृद्धि, थप विस्तार हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष सञ्चालन गर्नका लागि स्वीकृति प्राप्त गरी विशिष्टीकृत लगानी कोषअन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको व्यहोरा जानकारी गराइन्छ ।

लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु सञ्चालन गरीे आव २०८०/०८१ को अन्त्यसम्ममा ७०४ जना ग्राहकहरुबाट रु.२ अर्व ३४ करोडभन्दा बढी रकमको लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत समयानुकुल ग्राहकमुखी नविनतम् योजनाहरु सञ्चालन गरिरहेको छ । उक्त सेवा अनलाइनमार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको छ । लगानी व्यवस्थापन सेवाअन्तर्गतको रकम गत वर्षको तुलनामा १६.५७ प्रतिशतले बढी हो ।

क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत समय समयानुकूल ग्राहकमुखी नविनतम् योजनाहरु सञ्चालन गरिरहेको छ । उक्त सेवा अनलाइनमार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको छ । लगानी व्यवस्थापन सेवाअन्तर्गतको रकम गर्त वर्षको तुलनामा १६.५७ प्रतिशतले बढी हो ।

हाल क्यापिटलले एनआईसी एसिया क्यापिटलले भिडियो केवाइसीमार्फत समेत घरमै बसी डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाउनुको साथै सिकेवाइसी सेवासमेत सञ्चानलनमा ल्याएको छ । क्यापिटलले मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत २०८१ असार मसान्तसम्म २४ वटा कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

निष्कशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म २१ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन कार्य सम्पन्न गरी सम्बन्धित कम्पनीहरुलाई रु.१३ अर्व भन्दा बढी सेयर पुँजी संकलन गर्न सफल भएको छ ।

असार मसान्तसम्म ३८ वटाभन्दा बढी कम्पनीको व्यक्ति तथा संस्थाहरुको नाममा रहेको विभिन्न कम्पनीको संस्थापक समूहको सेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । साथै ४ वटा कम्पनीको सेयर सर्वसाधारणमा निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा पेश गर्न सफल भएको छ ।

क्यापिटलले एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माझ पुर्याउन एनआईसी एसिया बैंकको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्य अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

क्यापिटलले २०८१ असार मसान्तसम्म ७ लाख ३६ हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ ।

क्यापिटलले समग्र डिम्याट खाता संख्याको ११.७२ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । हाल क्यापिटलले एक नेपाली, एक डिम्याट खाता’ मात्र रु.९९९ मा आजीवन डिम्याट खाता नविकरण हुने तथा रु.१,००० मा भुक्तानी गर्दा मेरो शेयर खाता आजीवनको लागि नविकरण हुने योजना संचालन गरिरहेको छ ।

साथै ‘एनआईसी एसिया विद्यार्थी डिम्याट खाता योजना’ अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्ने, अनलाइनमार्फत डिम्याट खाता खोल्दा १ घण्टाभित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने तथा ‘९९९ बैदेशिक रोजगार डिम्याट योजना’ लगायतका योजनाहरु सञ्चालन गरिरहेको छ ।

हाल क्यापिटलले एनआईसी एसिया क्यापिटलले भिडियो केवाइसी मार्फत समेत घरमै बसी डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाउनुको साथै सिकेवाइसी सेवा समेत सञ्चानलनमा ल्याएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत २०८१ असार मसान्तसम्म २४ वटा कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म २१ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन कार्य सम्पन्न गरी सम्बन्धित कम्पनीहरुलाई रु.१३ अर्वभन्दा बढी सेयर पूँजी संकलन गरिदिन सफल भएका छौं ।
असार मसान्तसम्म ३८ वटाभन्दा बढी कम्पनीको व्यक्ति तथा संस्थाहरुको नाममा रहेको विभिन्न कम्पनीको संस्थापक समूहको सेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । साथै ४ वटा कम्पनीको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा पेश गर्न सफल भएको छ ।

साथै हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु¥याउन ‘अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मुल नाराका साथ क्यापिटलसँग आवद्ध ग्राहकहरु तथा क्यापिटलबाट सेवा लिन चाहने ग्राहकहरुलाई प्रविधिको प्रयोग मार्फत क्यापिटलमा उपस्थित नभई मोवाईलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ थप सेवा सुविधासहित ‘मोबाइल एप’ संचालन गरीरहेको छ । आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई ‘मोबाइल एप’ मा एकीकरण गरी डिजिटलाइजिड रुपमा उपलब्ध गराउने रणनीति लिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal