Skip to content
Prabhu

एक साता ढिलो गरी भोलि मौद्रिक नीति आउँदै

काठमाडौं । नयाँ मौद्रिक नीति शुक्रबार (भोलि) सार्वजनिक हुने भएको छ । प्रधानमन्त्रीले नै चासो देखाएपछि एक सातापछि धकेलिएको मौद्रिक नीति भोलि सार्वजनिक हुने भएको हो ।

राष्ट्र बैंकले गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । राष्ट्र बैंककै पूर्वगभर्नर तथा अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मौद्रिक नीतिको मस्यौदा हेर्न चाहेपछि मौद्रिक नीति रोकिएको थियो ।

एक साताको समय लगाएर प्रधानमन्त्रीको कार्यालयबाट परिमार्जनसहितको मौद्रिक नीति मस्यौदा आएपछि शुक्रबार सार्वजनिक गर्न लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । केन्द्रीय बैंकले लचिलो मौद्रिक नीतिको तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मौद्रिक नीति उदार भएर आउनुपर्ने बताउँदै आएका छन् ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal