Skip to content
Prabhu

४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समग्र बजार परिसूचक ३२ अंकले बढेको दिन सेयर बजारमा उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एसियन हाइड्रोपावर र गणपति लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्यमा २३६ रुपैयाँ २० पैसाको वृद्धि भएर २ हजार ५ सय ९८ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९.९९ प्रतिशले बढेको छ । यो कम्पनीको सेयर मूल्यमा १५छ रुपैयाँ ९० पैसाको वृद्धि भएर १ हजार ७१७ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै एसियान हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ६८ रुपैयाँ ९० पैसाले बढेर ७५८ रुपैयाँ ८० पैसा पुगेको छ । आज सकारात्मक सर्किट लागेको अर्को कम्पनीमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य १८९ रुपैयाँ बढेर २ हजार ८५ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबार भन्दा ९.९७ प्रतिशतले बढी हो ।

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष ५ कम्पनीभित्र राष्ट्रिय बीमा कम्पनी लिमिटेड हो छ । यो कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशले बढेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्यमा १ हजार ५३० रुपैयाँको वृद्धि भएर १६ हजार ९३० रुपैयाँ पुगेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal