Skip to content
Prabhu

सेयर बजार दोहोरो अंकले बढेको दिन धेरै गुमाउने ५ कम्पनी

काठमाडौं । समग्रमा सेयर बजार परिसूचक बढेको दिन ९७ कम्पनीको सेयर मूल्य घटेको छ । सेयर बजार परिसूचक ३२ अंकले बढेको दिन धेरै गुमाउने कम्पनीमा मितेरी डेभलपमेन्ट बैंक रहेको छ । यो बैंकको सेयर मूल्य ७.६५ प्रतिशतले घटेको हो ।

त्यस्तै आज धेरै गुमाउने कम्पनीको शीर्ष पाँच भित्र परेका कम्पनीमा माण्डु हाइड्रोपावर, एसविएल डिबेन्चर २०८४, कालीका पावर कम्पनी र आरम्ब चौतारी लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीका सेयरधनीहरुले आज सबैभन्दा धेरै गुमाए ।

आजको कारोबार बन्द हुँदा मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.६५ प्रतिशत अर्थात् ५३ रुपैयाँले घटेर ६४० रुपैयाँमा पुगेको छ । त्यस्तै माण्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.६८ प्रतिशत अर्थात् ६० रुपैयाँ २० पैसाले घटेर १ हजार २२५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आजको कारोबार बन्द हुँदा एसविएल डिबेन्चर २०८४ को सेयर मूल्य पनि ३.९२ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ४० रुपैयाँले घटेर ९८० रुपैयाँ पुगेको छ । यता कालिका पावर कम्पनीको सेयर मूल्य पनि ३.८१ प्रतिशत अर्थात् २० रुपैयाँ ६० पैसाले घटेर ५१९ रुपैयाँ ४० पैसा कायम भएको छ । त्यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ३.६१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्यमा ५२ रुपैयाँले गिरावट आएर १ हजार ३९० रुपैयाँ कायम भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal