Skip to content
Prabhu

मुद्दती निक्षेपमा ४६ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेस गर्न बैंकहरुलाई आह्वान

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४६ करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ४६ करोड रुपैयाँ रकम बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ६ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ३० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने जनाएको छ ।

मुद्दती निक्षेपमा रकम लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी साउन १४ गतेभित्र आवेदन दिन राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको हो । मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको केही सर्तहरु भने पालना गरेको हुनुपर्ने छ ।

२०८१ साउन १७ गतेदेखि २०८२ साउन १७ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले साउन १७ गतेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्ने छ ।

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal