Skip to content

१ वर्षमा ५ अर्ब ४ करोड बढीको ओटीसी कारोबार

nabil bank

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपाल स्टक एक्सचेञ्जमा ५ अर्ब ४ करोड बढीको ओभर दी काउन्टर (ओटीसी) कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको कारोबार तथा ओटीसी बजार शाखाले सार्वजनिक गरेको विवरणअनुसार एक आर्थिक वर्षमा ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँको ओटीसी कारोबार भएको हो ।

यो अवधिमा ९९ कम्पनीका ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर ओटीसीमा कारोबार भएको छ । जसबाट सो बराबरको कारोबार भएको हो । ओटीसी मार्केटमा २४४ कम्पनी दर्ता भएर कारोबार भइरहेको छ । स्कट एक्सचेन्जले २०६४ सालदेखि ओटीसी मार्केटको अवधारणा ल्याएको हो ।

२०७२ साल माघ १८ गतेदेखि कम्पनी रजिष्ट्रारको कार्यालयको सूचनाअनुसार आवश्यक सर्त पूरा हुन नसकि सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले ओटीसी बजारमार्फत गर्न सकिने व्यवस्था गरेको छ । जसमा अहिले २४४ कम्पनी आबद्ध छन् ।

एक आर्थिक वर्षको अवधिमा लर्ड बुद्ध एजुकेसन एकेडेमीले सबैभन्दा धेरै ओटीसी कारोबार गरेको छ । यो एकेडेमीले ६५ करोड ४ लाख ७४ हजार ८२० रुपैयाँबराबरको ओटीसी कारोबार गरेको छ । यो संस्थाको ओटीसीमा प्रतिकित्ता मूल्य ५४० रुपैयाँ रहेको छ । एक आर्थिक वर्षमा यो कम्पनीको १२ लाख ४ हजार ५ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, हिमाल रिभर पावर लिमिटेडको ओटीसी कारोबार ४० करोड ८ लाख ९८ हजार ४ सय रुपैयाँ रहेको छ । यो कम्पनीको प्रतिकित्ता मूल्य १३६ रुपैयाँ ३६ पैसा रहेको छ । एक आर्थिक वर्षमा यो कम्पनीले २९ लाख ४० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै नेपाल हस्पिटालिटी एण्ड होटल लिमिटेडले २५ करोड ४४ लाख ५२ हजार रुपैयाँको २५ लाख ४४ लाख ५२० कित्ता सेयर खरिद बिक्री गरेको छ । धेरै कारोबार गर्ने कम्पनीमा इलेक्ट्रो पावर कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले एक आर्थिक वर्षको अवस्थामा २३ करोड ९० लाख १० हजार रुपैयाँको २३ लाख ९० हजार १०० कित्ता सेयर खरिद बिक्री गरेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।

यो अवधिमा होटल फरेस्ट इन लिमिटेडले एक आर्थिक वर्षमा १७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । यो अवधिमा यो कम्पनीको १७ लाख ४० हजार कित्ता सेयर खरिद बिक्री भएको छ । त्यस्तै अन्नपूर्ण केबलकार लिमिटेडले पनि एक वर्षको अवधिमा १४ करोड ३५ लाख ३६ हजार ५०० रुपैयाँको १४ लाख ३५ हजार ३६५ कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जको तथ्यांकले देखाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime