Skip to content

मौद्रिक नीति उत्साह जनकः लगानीकर्ता

nabil bank

काठमाडौं । शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति उत्साह जनक रहेको लगानीकर्ताहरुले प्रतिक्रिया दिएका छन् । लगानीकर्ताहरले अघिल्ला वर्षहरुको तुलनामा चालु आर्थिक वर्षको मौद्रिक नीति उत्साहजनक रहेको धारणा व्यक्त गरेका हुन् ।

मौद्रिक नीति सार्वजनिक भएपछि प्रतिक्रिया दिदै पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीति उत्साहजनक रहेको बताएकी छिन् । उनले मौद्रिक नीतिले लगानीकर्तालाई मल्हमपट्टी लगाउने काम गरेको प्रतिक्रिया दिएकी हुन् ।

‘आज सार्वजनिक मौद्रिक नीति साविकका बर्षहरुको भन्दा उत्साह जनक रहेको पाईयो विगत ३ वर्षदेखि निरन्तर घटिरहेको सेयर बजारलाई चालु आवको मौद्रिक नीतिले मल्हमपट्टी लगाउने छ, उनले भनिन् ।

आज जारी गरेको मौद्रिक नीति व्यक्तिगत कर्जाको सीमा भने यथावत राखी सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज गरेको छ ।

मौद्रिक नीतिले धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै यो सबैभन्दा ठूलो उपलब्धि भएको लगानीकर्ता तिलक कोइरालाको भनाइ छ । यसका लागि केन्द्रीय बैंकले अहिलेसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको जनाएको भन्दै योउपलब्धी भएको उनको भनाइ छ ।

त्यस्तै मौद्रिक नीतिले आर्थिक मन्दीलाई समाधान गर्ने लगानीकर्ता अम्बिका पौडेलले बताएका छन् । ‘राष्ट्र बैंकले अर्थतन्त्र चलायमान गराउने गरेर मौद्रिक नीति ल्याएको छ,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका पौडेलले मौद्रिक नीतिले मुख्य रुपमा निर्माण व्यवसायीको ऋण तिर्ने समय पर सारेको र कालोसूचीमा नराख्ने नीति लिएको भन्दै यसल अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime