Skip to content
Prabhu

शुक्रबारका लागि कति तोकियो विदेशी मुद्राको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३४ रुपैयाँ २२ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ०४ पैसा छ भने बिक्रीदर १७२ रुपैयाँ ८१ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ११ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०१ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ०० पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८ रुपैयाँ ८१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३ रुपैयाँ ७१ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ६६ पैसा र बिक्रीदर २८ रुपैयाँ ७८ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १२ पैसा र बिक्रीदर १७ रुपैयाँ २० कायम छ । कुवेती दिनारको एकको खरिददर ४३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १२ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०८ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal