Skip to content
Prabhu

बोर्ड बैठकले पास गर्यो मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति आफ्नै भवनबाट सार्वजनिक गर्ने भएका छन् । भूकम्पले राष्ट्र बैंकको भवन क्षति भएपछि पहिलोपटक आफ्नै नवनिर्मित भवनबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी २०७६ मा नियुक्त भएका थिए । २०७२ सालको भूकम्पपछि विभिन्न होटलहरुमा र कोरोनापछि भर्चुअल रूपमा गर्दै आएको थियो । यो वर्षको मौद्रिक नीति भने भौतिक रूपमा नै गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति पास गरेको छ । शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पास गरेको हो ।

केन्द्रीय बैंकले शुक्रबार मध्याह्न सवा १२ बजेर मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले बालुवाटारस्थित नवनिर्मित आफ्नै भवनबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal