Skip to content
Prabhu

सुन तोलामा ३ सय रुपैयाँ घट्यो, कतिमा हुँदै छ कारोबार ?

nabil

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले सस्तो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो । बिहीबार छापावाला सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य १ लाख ४४ हजार ३ सय कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले सस्तो भएको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३७१.६४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २७.७४ डलरमा कारोबार भइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal