Skip to content
Prabhu

निर्माण व्यवसायीलाई ठूलो सहुलियतः मंसिरसम्म ऋण तिर्दा हुने, चेक बाउन्समा कालोसूचीमा नपर्ने

काठमाडौं । निर्माण क्षेत्रमा आएको समस्या समाधान गर्न राष्ट्र बैंकले सहुलियत दिएको छ ।

निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत यो क्षेत्रको पुनःस्थापनाको लागि राष्ट्र बैंकले सहुलियत दिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

जस अनुसार निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गर्ने उल्लेख गरेको छ

यस्तै निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने व्यवस्था गरेको छ । यसले सरकारले भुक्तानी नदिएर कालोसूचिमा परेका निर्माण व्यवसायीलाई राहत हुने छ ।

निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने तथा निर्माण व्यवसायीहरूको जमानतहरू दावी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्ने व्यवस्था गरिएको छ ।

जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिब काम कारवाहीमा असर नपर्ने व्यवस्था मिलाइने र नेपाल सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्