Skip to content
Prabhu

बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दवाबलाई हटाउन नयाँ उपकरण ल्याउने, असल कर्जाको प्रोभिजन घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको पुँजीकोष समस्या समाधानको लागि नयाँ उपकरण ल्याउने घोषणा गरेको छ ।

अहिले सञ्चालनमा रहेका वाणिज्य बैंकमा १० वटा जति बैंकको पुँजीकोष अनुपात दवाव छ । ३ वटा बैंकले गतवर्षको नाफाबाट लाभांश दिन सक्ने अवस्था छैन ।

बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषमा परेको दवाबलाई दृष्टिगत गर्दै तथा मौद्रिक नीति र समष्टिगत नियामकीय व्यवस्थाहरु बीच थप सामञ्जस्यता ल्याउने अभिप्रायले आर्थिक वर्ष २०८१÷८२ को लागि देहायबमोजिमको व्यवस्था गरिनेछ उल्लेख तछ । यसको लागि पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने ।
असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने भनिएको छ । असल कर्जाको प्रोभजिन घटाउदा केही भएपनि पुँजीकोष अनुपात साढे ८ प्रतिशत नजिक भएका बैंकलाई राहत हुने छ । यस्तै राष्ट्र बैंकले कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने र विद्यमान रिलेल प्रोर्टफोलियोको सीमालाई बढाए २ करोड ५० लाख बनाउने उल्लेख गरेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाले टियर २ क्यापिटल गणना गर्दा पुँजीकोष सम्बन्धि फेमवर्क व्यवस्थाको अधीनमा रही कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुलेटरी रिजर्भमा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई टियर २ क्यापिटलमा गणना गर्न दिने व्यवस्था गरेको छ ।

निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा राखिने उल्लेख छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal