Skip to content
Prabhu

योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले लिए सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा उहाँले सपथ लिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहनुभएका प्रा.डा.अधिकारी बिहीबार उपाध्यक्षमा नियुक्त भएका थिए । साथै उपाध्यक्ष अधिकारीसमक्ष आजै आयोगका नवनियुक्त सदस्यहरु डा आरपी विछार, प्रा.डा.रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा.जयबहादुर टण्डनले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । आजको सपथमा आयोगका नवनियुक्त सदस्य गङ्गादत्त अवस्थी भने अनुपस्थित थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal