Skip to content

क्यानडाको ऐतिहासिक शहर जैस्परको आधा हिस्सा आगोले नष्ट

nabil bank
एजेन्सी । क्यानडाको ऐतिहासिक शहर जैस्परमा लागेको आगोका कारण आधा शहर जलेर बर्बाद भएको छ । जसका कारण यहाँ हजारौं मानिसहरूलाई घर छोड्न बाध्य भएका् जनाइएको छ ।
अधिकारीहरूका अनुसार छिटो फैलिरहेको जंगली आगोका कारण क्यानडाको ऐतिहासिक शहर जैस्परको लगभग आधा भाग जलेर नष्ट भएको छ र अझै पनि आगो नियन्त्रणमा आएको छैन ।
पश्चिमी क्यानडाको जैस्पर नेशनल पार्कको शहरको गल्लीहरू आगोका कारण बर्बाद भएका छन् । यहाँबाट आएका भिडियोहरूमा घरहरूको भग्नावशेष र जलेका गाडीहरू देख्न सकिन्छ ।
जैस्परका अधिकारीहरूले अग्नि नियन्त्रक विभागका कर्मचारीहरूले धेरैभन्दा धेरै भवनहरू बचाउने प्रयास गरिरहेको बताएका छन् । अहिलेसम्म कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन । तर लगभग २० हजार पर्यटक र पाँच हजार स्थानीय बासिन्दाहरू अल्बर्टा प्रान्तको पहाडी क्षेत्रमा पलायन भइसकेका  छन् ।
एक प्रेस वार्ताका क्रममा अल्बर्टाको प्रिमियर डेनियल स्मिथले भनिन्, “हालसम्म ३० देखि ५० प्रतिशत भवनहरु जलेर नष्ट भएका छन् ।”
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi