Skip to content
Prabhu

पेरिसमा ओलम्पिकको उद्घाटन अघि रेल्वेका लाइन काट्दा लाखौं प्रभावित

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार उच्च गतिमा चल्ने रेलवेका लाइनका तार काटेर समस्या सिर्जना गरिएको छ । त्यहाँको सरकारी रेलवे कम्पनी एसएनसीएफले यो जानबुझका आधारमा गलत नियतले गरिएको आक्रमण भएको बताएको छ ।
फ्रान्सेली सांसद नतालिया पुजेरिफले यो आक्रमण देशको छवी बिगार्ने प्रयासले गरिएको बताइन् । उनले भनिन्, “फ्रान्समा मानिसहरू धेरै जिम्मेवार छन् । उनीहरूलाई थाहा छ कि यो दुर्भावनापूर्ण आक्रमण मानिसहरूलाई नोक्सान पु¥याउनका लागि थिएन । बरु यो सरकारविरुद्ध र देशको छवि खराब गर्नका लागि गरिएको एक राजनीतिक कदम थियो ।”
उक्त आक्रमण त्यस्तो समयमा भयो जब पेरिसमा ओलम्पिक खेलहरूको सुरुवात भइरहेको थियो । यसको उद्घाटन समारोहमा भाग लिन हजारौं मानिसहरू फ्रान्स आइरहेका थिए । अर्कोतर्फ, धेरै संख्यामा पेरिसवासी पनि गर्मीको छुट्टीमा बाहिर निस्किरहेका छन् ।
एसएनसीएफले हाल समस्या समाधानको काम भइरहेको बताएको छ । उक्त घटनाका कारण युरोस्टारका ट्रेनहरू पनि ढिलो चलेका थिए । यसरी प्रभावित हुनेमा बेलायतका प्रधानमन्त्री किएर स्टार्मर पनि थिए । जसलाई ओलम्पिक उद्घाटन समारोहमा भाग लिन पुग्नुपर्ने थियो । उनी पछि विमानमार्फत पेरिस पुगेका थिए ।
एसएनसीएफका अनुसार ओलम्पिक खेलहरूको उद्घाटनभन्दा अघि भएको यस आक्रमणका कारण एक दिनमा दुई लाख पचास हजार यात्री प्रभावित भएका छन् र यो सप्ताहन्तसम्ममा यो संख्या आठ लाखसम्म पुग्ने अनुमान गरिएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal