Skip to content
Prabhu

क्यानडाको ऐतिहासिक शहर जैस्परको आधा हिस्सा आगोले नष्ट

एजेन्सी । क्यानडाको ऐतिहासिक शहर जैस्परमा लागेको आगोका कारण आधा शहर जलेर बर्बाद भएको छ । जसका कारण यहाँ हजारौं मानिसहरूलाई घर छोड्न बाध्य भएका् जनाइएको छ ।
अधिकारीहरूका अनुसार छिटो फैलिरहेको जंगली आगोका कारण क्यानडाको ऐतिहासिक शहर जैस्परको लगभग आधा भाग जलेर नष्ट भएको छ र अझै पनि आगो नियन्त्रणमा आएको छैन ।
पश्चिमी क्यानडाको जैस्पर नेशनल पार्कको शहरको गल्लीहरू आगोका कारण बर्बाद भएका छन् । यहाँबाट आएका भिडियोहरूमा घरहरूको भग्नावशेष र जलेका गाडीहरू देख्न सकिन्छ ।
जैस्परका अधिकारीहरूले अग्नि नियन्त्रक विभागका कर्मचारीहरूले धेरैभन्दा धेरै भवनहरू बचाउने प्रयास गरिरहेको बताएका छन् । अहिलेसम्म कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन । तर लगभग २० हजार पर्यटक र पाँच हजार स्थानीय बासिन्दाहरू अल्बर्टा प्रान्तको पहाडी क्षेत्रमा पलायन भइसकेका  छन् ।
एक प्रेस वार्ताका क्रममा अल्बर्टाको प्रिमियर डेनियल स्मिथले भनिन्, “हालसम्म ३० देखि ५० प्रतिशत भवनहरु जलेर नष्ट भएका छन् ।”
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal