Skip to content
Prabhu

सातामा सुनको मूल्य तोलामा १५ सयले घट्यो, चाँदी ८० रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य घटेको छ । नेपाली बजारमा यो साता छापावाला सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो ।

साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । सुनको कारोबार हुनु साताको दोस्रो दिन सोमबार सुनको मूल्य सामान्य बढेर तोलामा १ लाख ४६ हजार ३ सय पुगेको थियो । सो मूल्य मंगलबार भने स्थिर रहेको थियो ।

त्यसपछिका दिनमा सुनको मूल्य निरन्तर घटेको थियो । बुधबार सुन तोलाको १ लाख ४७ हजार ४०० रूपैयाँमा झरेको थियो भने बिहीबार सुन प्रतितोला १ लाख ४५ हजार रूपैयाँमा खरिदबिक्री भएको थियो । सोहि क्रमलाई निरन्तरता दिँदै साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँ रहेको थियो । सोमबार घटेर तोलाको १ हजार ७ सय ९० रुपैयाँमा झरेको चाँदीको मूल्य मंगलबार स्थिर रहेको थियो ।

तर,  बुधबार चाँदी महंगिएर १ हजार ८०५ रूपैयाँ पुगेको थियो । त्यसपछि बिहीबार र शुक्रबार चाँदीको मूल्य गिरावट भएको थियो । साताको अन्तिम कारोबार भएको दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ३० रुपैयाँ कायम भयो । यसरी, महासंघका अनुसार चाँदी साताभरीमा ८० रुपैयाँले सस्तिएको हो ।

यो साता बिश्व बजारमा पनि सुनको मुल्य घटेको छ । जसको प्रभाव नेपाली सुन बजारमा परेको हो । अमेरिकी डलरको विनिमय दरमा देखिएको सुधार र त्यसको प्रभावले अमेरिकी अर्थतन्त्रमा मजबुती देखिएको छ । सोही कारण सुनको मूल्य घट्नमा दबाब पुगेको बिश्लेषकहरुले बताएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal