Skip to content

कास्की आदर्श समाज कतारको २२ औं स्थापना दिवस तथा आदर्श सन्देश स्मारिका बिमोचन

nabil bank

दोहा । कतारमा स्थापित संस्था कास्की आदर्श समाज कतारको आयोजनामा २२ औं स्थापना दिवससहित आदर्श सन्देश स्मारिका अंक २ को विमोचन गरेको छ ।

कतारस्थित नेपाली दूतावासका प्रथम सचिव कृष्ण सुवेदी (कृशु छेत्री) ले आदर्श सन्देश कार्यक्रमको उद्घाटन गरेका थिए । सुवेदीले कास्की आदर्श समाजले विमोचित स्मारिका संस्थाको एउटा महत्वपूर्ण दस्तावेज भएको बताए।

उक्त स्मारिकाले संस्थाका गतिविधिहरू, कतारका अमिरको नेपाल भ्रमण, तथा नेपाली समाजका विभिन्न महत्वपूर्ण विषयहरूलाई समेट्न सफल भएकोमा धन्यवाद दिएका थिए ।

विमोचित पुस्तकका सल्लाहकार एवम् कास्की आदर्श समाजका संरक्षक विमल सुवेदीले पोखराको सुन्दरता व्याख्या गर्दै यस पुस्तकमा पोखराको सौन्दर्यलाई झल्काउन सफल भएको बताउँदै अहिले प्राप्त सुझावका आधारमा आगामी अंकमा सुधार गर्दै लैजाने बताएका थिए ।

कवि तथा साहित्यकार प्रेमप्रसाद भट्टराईले स्मारिकाको समीक्षामा कास्की आदर्श समाजले प्रकाशनमा ल्याएको स्मारिकाले धेरै महत्वपूर्ण विषय समेटेको तर केही सुधारको आवश्यकता रहेको उल्लेख गरे ।

संस्थापक सचिव हंसराज ढकालले स्मारिकामा थप सामग्री समावेश गर्न सकिने बताए भने पूर्वअध्यक्ष तथा संरक्षक आशबहादुर गुरुङले संस्थाका गतिविधिहरूलाई दस्तावेजीकरण गरेको प्रशंसा गरेका थिए ।

कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले कास्कीको सुन्दरता तथा संस्थाको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

स्मारिका प्रकाशनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै समाजका अध्यक्ष अग्निधर देवकोटाले संस्थाले गरेका सामाजिक एवं परोपकारी गतिविधिहरूलाई सबैका सामु ल्याउने उद्देश्यले आदर्श सन्देश–२ प्रकाशन गरिएको बताएका थिए ।

कार्यक्रमको सांस्कृतिक पक्षमा तमु गुरुङ समाज र तमु पेले संघका कलाकारहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने फेवा सांस्कृतिक परिवारका तर्फबाट पोखरासँग सम्बन्धित गीतहरूको लाइभ म्युजिक प्रस्तुत गरिएको थियो।

कार्यक्रममा लेख, रचना तथा विज्ञापन दिनेहरूलाई सम्मान गरिएको थियो भने प्रमुख अतिथि तथा समीक्षकलाई दोसल्ला तथा मायाको चिनोले सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद तिमल्सिना र संस्थाका वरिष्ठ उपाध्यक्ष सुरज राना भाट लगायत सबैको उपस्थिति थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime