Skip to content
Prabhu

गत मेमा टर्बुलेन्समा फसेको सिंगापुर एयरलाइन्सको उडान पुनः सुरु

एजेन्सी । गत मेमा सिंगापुरबाट लण्डनका लागि उडान भर्दा टर्बुलेन्सका कारण बन्द भएको सिंगापुर एयरलाइन्सको विमानले सेवा फेरि सञ्चालन गरेको छ । सिंगापुर एयरलाइन्सका प्रवक्ताका अनुसार बोइङ ७७७–३००इआर विमानले एसक्यू८३० का रुपमा सेवा पुनः सुरु गरेको हो । विमानले जुलाइ २७ देखि सेवा सञ्चालन गरेको जनाइएको छ ।
“सिंगापुर एयरलाइन्सको उक्त विमान मर्मत तथा सम्भारपछि अधिकारीहरुले अनुमन गरेका थिए, अहिले सेवा सञ्चालनमा फर्किएको छ”, एयरलाइन्सका प्रवक्ताले भनेका छन् । उनले विमानले सबैप्रकारका सुरक्षा मापदण्ड पूरा गरी उडानका लागि तयार भएको हो ।
चेंगी विमानस्थलको वेवसाइटमा उक्त विमान सांघाईका लागि विहान उडान भरेको थियो । गत मेमा टर्बुलेन्सपछि विमान ग्राउण्डेड भएको थियो । उक्त विमान यही जुलाइ २३ तारिख मर्मत तथा सम्भारपछि उडानका लागि तयार भएको थियो ।
गत मे २१ मा टर्बुलेन्सका कारण एक यात्रुको मृत्यु भएको थियो भने एक दर्जनभन्दा बढी यात्रु घाइते भएका थिए । लण्डनबाट उडान भरेको १० घण्टापछि अकस्मात आएको टर्बुलेन्सका कारण विमानमा समस्या देखिएको थियो । विमानमा समस्या देखिएपछि थाइल्याण्डको सुवर्णभूमि विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । कुल २११ यात्रुसहितको एसक्यू३२१ उडानमा ४१ जना सिंगापुरका यात्रु थिए भने बाँकी १७० अष्ट्रेलिया, मलेसिया न्यूजिल्याण्ड, बेलायतका यात्रु थिए । साथै विमानमा १८ जना क्रु मेम्बर थिए ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal