Skip to content
Prabhu

१ हजार ५ सय प्रतिशतले बढ्यो गुराँस लघुवित्तको नाफा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गुराँस लघुवित्तको नाफा १ हजार ४४९.११ प्रतिशतले बढेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ४४९.११ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी बढेको र खराब कर्जा घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४७.९४ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १०२.५३ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४९.७४ प्रतिशत बढेको छ ।

लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ६.३६ प्रतिशतबाट घटेर २.४६ प्रतिशतमा झरेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा १ हजार ४१८.२४ प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २३ रुपैयाँ ९५ पैसा बढेर २५ रुपैयाँ ६० पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७१.१२ गुणा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal