Skip to content
Prabhu

नेपाल एसबिआई बैंकद्वारा शैक्षिक विकास कोषलाई १ लाख ५ हजार सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरुलाई पोसाक उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग गरेको हो ।

सो कार्यक्रममा बैंकका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर, गोपाल हमाललाई १ लाख ५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन्।

सो कार्यक्रम बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोषकुमार भण्डारीलगायत बैंकका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो । बैंकले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रबर्द्धन गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा बारम्बार यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

हाल बैंकले १ सय शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १ सय २१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal