Skip to content
Prabhu

सचिवहरूसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ लिइरहेका छन्। प्रधानमन्त्री ओलीले मन्त्रालयका सचिवहरूबाट ब्रिफिङ लिइरहेका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सचिवहरूलाई बोलाएर प्रधानमन्त्री शर्माले ब्रिफिङ लिएका हुन् । अहिले सम्बन्धित मन्त्रालयका सचिवहरूले आआफ्न‍ो मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे प्रस्तुतीकरण दिइरहेका छन् ।

बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal