Skip to content
Prabhu

सर्किट ब्रेकर के हो ? कसरी रोकिन्छ कारोबार

काठमाडौं । आइतबार सेयर बजारमा दुई पटक सकारात्मक सर्किट ब्रेक लाग्यो । कारोबार खुलेको १ मिनेट ३३ सेकेण्डमै सेयर बजार ४ प्रतिशतले बढे पछि पहिलो र त्यसको २० मिनेट पछि खुलेको बजारमा पुनः ५ प्रतिशतको वृद्धि भएपछि बजारमा सर्किट लागेको थियो ।

नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गरे पछिको पहिलो कारोबार दिन सेयर बजारमा दुई पटक सर्किट लागेर कारोबार भइरहेको छ । दोस्रो सर्किट लागेर खुलेको बजार त्यस पछि भने सम्हालिदै कारोबार भइरहेको छ । दुई पटक सर्किट लागेको बजार २७ सय विन्दु माथि पुगेको थियो । त्यस पछि बजारमा केही करेक्सन भएर कारोबार भइरहेको छ ।

सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार–चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो । पुँजी बजारको फन्ट लाइन रेगुलेटर नेप्सेले पनि यो प्रणाली लागू गरेको छ ।

अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेन्जले २०६४ सालदेखि सर्किट ब्रेकको व्यवस्था गरेको छ । २०६४ अघि सेयर बजारमा एकैदिन जति पनि घटबढ हुनसक्ने व्यवस्था थियो । यो व्यवस्थापछि एकै दिनमा नेप्से परिसूचक ६ प्रतिशत भन्दा बढी बढ्न वा घट्न सक्दैन । समग्र बजारमामात्रै होइन सर्किट ब्रेकरको व्यवस्था नेप्सेले कम्पनीहरुमा समेत लगाएको छ । कुनै कम्पनीको सेयर मूल्य १० प्रतिशत घटबढ भएमा सर्किट ब्रेकर लगाइन्छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal