Skip to content
Prabhu

१ वर्षमा २ अर्ब बढी लगानीमा ४३४ उद्योग दर्ता

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा ४३४ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबै प्रकारका गरी ४३४ वटा उद्योग दर्ता भएका हुन् ।

विभागका अनुसार यस्ता उद्योगहरुमा २ खर्ब बढीको लगानी प्रस्ताव आएको छ । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगहरुमा २ अर्ब १ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । गत आर्थिक वर्षमा ठूलो लगानीको उद्योगतर्फ ४९ वटालाई अनुमति दिइएको छ । यस्तै मझौलातर्फ ५२ र साना उद्योगतर्फ ३ सय ३३ वटा उद्योगलाई अनुमति दिइएको छ ।

गत आर्थिक वर्षमा ८० वटा ठूला एदोगलाई सञ्चालनका लागि अनुमति दिने लक्ष्य लिइएको थियो भने मझौला ८५ वटा उद्योगलाई अनुमति दिने लक्ष्य लिइएको थियो । त्यसैगरी साना उद्योगतर्फ २०० वटालाई अनुमित दिने लक्ष्य लिइएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal